भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री

  • प्रकाशित मिति : २०८३ भाद्र ११, बिहीबार
  • नेपाल टेल संवाददाता

भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाएको छ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आज बिहान ३७ दशमलव पाँच टन सामग्री नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘भारत नेपालका अधिकारीहरूसँग नियमित सम्पर्कमा छ, हामी विपद् सहायतामा सहयोगका लागि कटिबद्ध छौँ’, उनले भनेका छन् ।



भारत सरकारले यसअघि रसुवाका बाढी प्रभावितका लागि बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो । बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, खाद्यान्न र आवश्यक औषधि नेपाल पठाइएको उनको भनाइ छ ।